बिहिबार, जेष्ठ १८, २०८० | Thursday 1st June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • पार्टीभित्रको एकता कायम राख्नसके कांग्रेसलाई निर्वाचनमा कुनै शक्तिले हराउन नसक्ने नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला:
समाचार

पार्टीभित्रको एकता कायम राख्नसके कांग्रेसलाई निर्वाचनमा कुनै शक्तिले हराउन नसक्ने नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला:

  • सिधा दृष्टी मङ्लबार, चैत्र ८, २०७८ | March 22, 2022

मोरङ– पार्टीभित्रको एकता कायम राख्नसके कांग्रेसलाई निर्वाचनमा कुनै शक्तिले हराउन नसक्ने नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बताएका छन्।

विराटनगरस्थित कोइराला निवासमा मंगलबार आयोजित चुनावी गीत सार्वजनिक कार्यक्रममा नेता कोइरालाले महाधिवेशनको समय पार्टीभित्र तिक्तता देखिए पनि अहिले सबै तिक्तता हराइसकेको बताए।

उनले भने, ‘महाधिवेशनले केही तिक्तता ल्यायो होला। त्यसक्रममा मैले पनि हारेँ। तर अब हामी एक छौँ, हामीबीच कुनै तिक्तता छैन। यसैको बलमा हामी निर्वाचनमा जित्ने छौँ। यो सन्देश हामी र जनताले निर्वाचनमा दिनेछन्।’

निर्वाचनमा जित्ने गरी गठबन्धनमा जान सकिनेतर्फ

संकेत गरेका नेता कोइरालाले भने, ‘हामीले हार्ने गरी गठबन्धन गर्न हुँदैन। हिजोको निर्वाचनमा हामीले ९० प्रतिशत भोट गठबन्धन भनेर दियौँ। तर गठबन्धनले हामीलाई १० प्रतिशतमा सीमित राख्यो। हिजो उपेन्द्र यादव, कमल थापा, अशोक राई, रेणु दाहाललगायतलाई गठबन्धनबाट जितायौँ। तर हाम्रै कृष्ण सिटौला झापामा राजेन्द्र लिङ्देनसँग पराजित हुनु भयो। यसकारण चपेटामा पर्ने गठबन्धन चाहिन्न।’

कार्यकर्ताको आवाज गठबन्धन बिना निर्वाचनमा होमिनु पर्ने देखिएको बताएका नेता कोइरालाले गठबन्धनमा जाँदा विगतको निर्वाचन र गठबन्धनलाई मध्यनजर राख्नु आवश्यक हुने बताए।

उनले भने, ‘भोट आउने छ भने गठबन्धन गरौँ। नत्र त्यसको कुनैअर्थ छैन।’

मुलुक चुनावी वातावरणमा होमिएको बताएका उनले पार्टी कार्यकर्तालाई करिब ७ मिनेटको पार्टीको गीतसहित ७ सय ५३ पालिकाको घर घरमा पुग्न आग्रह गरे।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय