बिहिबार, जेष्ठ १२, २०७९ | Thursday 26th May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आज सुनुवाइ हुँदैछ
समाचार

निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आज सुनुवाइ हुँदैछ

  • सिधा दृष्टी मङ्लबार, चैत्र ८, २०७८ | March 22, 2022

काठमाडौँ — स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न जनप्रतिनिधिले राजीनामा दिनुपर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आज सुनुवाइ हुँदैछ ।

निर्वाचन आयोगले जारी गरेको बहालवाला जनप्रतिनिधिले उम्मेदवार बन्न राजीनामा दिनुपर्ने आचार संहिताविरुद्ध सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले आइतबार सर्वोच्चमा रिट दायर गरेका थिए । उनको रिट सर्वोच्चले हिजो मात्रै दर्ता गरेको हो । उनले रिटमा यो व्यवस्था संविधान र कानुन विपरित रहेको दाबी गरेका छन् ।

संविधानले नै तीन तहको सरकार माने पनि स्थानीय तहका जनप्रतिनिधिले मात्रै

राजीनामा दिएर चुनाव लड्नुपर्ने नियम विभेदकारी भएको शेर्पाको तर्क छ । शेर्पाको रिटमा आजका लागि पेशी तोकिएको छ । रिटमा सर्वोच्चले अन्तरिम आदेश जारी गरे बहालवाला जनप्रतिनिधिले आगामी चुनाव लड्नका लागि राजीनामा दिनुपर्ने छैन । पुनः उम्मेदवार बन्न बहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने आचारसंहिताविरुद्ध एमालेले कडा आपत्ति जनाउँदै आएको छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय