शुक्रबार, चैत्र १०, २०७९ | Friday 24th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
समाचार

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

  • सिधा दृष्टी मङ्लबार, चैत्र ८, २०७८ | March 22, 2022

मोरङ- सोमबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मोरङको कटहरी गाउँपालिका-५ भित्री सडकखण्डमा सोमबार दुर्घटना भएको हो। मृत्यु हुनेमा मोटरसाइकल चालक स्थानिय २२ वर्षिय रबि हजारी थारु रहेका छन्।

दुर्घटनामा एक जना गम्भिर घाईते भएका छन्। दुर्घटनामा गम्भीर घाइते भएका थारुको कोशी अस्पतालमा उपचारको क्रममा सोमबार राती १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा पछाडी सवार २६ वर्षिय सत्य नारायण माझीको सोही अस्पतालमा उपचार भइरहेको छ। को २९ प ९१९७ नम्बरको मोटरसाइकल सोमबार

बेलुकी साढे ८ बजे अनियन्त्रित भई घरको भित्तामा ठोकिएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय