काठमाडौं- नेपाली बजारमा मंगलवार सुनको मूल्य एक लाख रुपैयाँ नाघेको छ। छापावाल सुनको भाउ मंगलबार आठ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
अघिल्लो दिन (सोमवार) यस्तो सुन प्रति तोला ९९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
यस दिन चाँदी प्रति तोला १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदी प्रति तोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।