शनिबार, जेष्ठ ७, २०७९ | Saturday 21st May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • मोरङको लेटाङमा आज पनि कर्फ्यू
मुख्य खबर

मोरङको लेटाङमा आज पनि कर्फ्यू

  • सिधा दृष्टी मङ्लबार, चैत्र ८, २०७८ | March 22, 2022

काठमाडौं- एकजना प्रहरीको ज्यान जाने गरी भएको मोरङको लेटाङमा भएको घटना अझै साम्य भएको छैन। त्यहाँ आज मंगलबार पनि कर्फ्यू जारी छ। सोमबार बिहान ७ बजेदेखि लेटाङका ४ वटा वडामा जिल्ला प्रशासन कार्यालय मोरङले कर्फ्यू आदेश जारी गरेको हो।

अवस्था हेरेर मात्रै कर्फ्यू हटाइने प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिएका छन्। लेटाङको वडा ३ र ४ को पश्चिम एरिया गंगे चोक र कमलपुर क्षेत्र, ५ नम्बर वडाको सबै क्षेत्र, उत्तरमा लेटाङको ६ नम्बर वडा कार्यालय क्षेत्र, पूर्वमा मोरंङे खोला

क्षेत्र, पश्चिममा चिसाङ खोला क्षेत्रमा कर्फ्यू लगाइएको छ।

यसअघि प्रदेश १ का प्रहरी प्रमुख डिआईजी अरुणकुमार बिसी, मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, मोरङ प्रहरीका उच्च पदस्थ अधिकारी तथा सशस्त्र प्रहरीका अधिकारीको टोलीले सोमबार घटनास्थलको स्थलगत जानकारी लिएको छ। मोरङ प्रशासनले थप अप्रिय घटना हुन नदिन सोमबार बिहानैदेखि लेटाङमा कर्फ्यु लगाए पनि दिनभर उक्त क्षेत्र तनावग्रस्त नै रह्यो ।

प्रहरीले उर्मिला जवान श्रेष्ठको ज्यान लिनेलाई पक्राउ गर्न घर–घरमा खानतलासी गरेको छ। स्क्रिनिङका क्रममा प्रहरीले करिब एक दर्जन युवालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।
खेरूवास्थित शिक्षा विकास माविका एक शिक्षकले आफ्नै स्कुलकी एक बालिकालाई यौन दुर्व्यवहार प्रयास गरेको विषयमा आइतबार भएको सर्वपक्षीय छलफलमा आक्रोशित भिडको आक्रमणमा परेर महिला प्रहरी उर्मिला श्रेष्ठले ज्यान गुमाएकी थिइन्।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय