मङ्लबार, चैत्र १४, २०७९ | Tuesday 28th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • चुनावी तालमेलका बारेमा अहिले कांग्रेसमा तीन थरी धारणा रहेको नेता सिंहले बताउनु भयाे
मुख्य खबर

चुनावी तालमेलका बारेमा अहिले कांग्रेसमा तीन थरी धारणा रहेको नेता सिंहले बताउनु भयाे

  • सिधा दृष्टी सोमवार, चैत्र ७, २०७८ | March 21, 2022

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पाटि भित्र काे आनतरिक प्रतिस्पर्धा लाई स्वभाबिक रुपमा लिनु पर्ने बताउनु भएकाेछ । निर्वाचन मा आफुले चाहे जस्ताे नतिजामा नआयपछि जिम्मेवार नेताहरुले सार्वजनिक रुपमा अतिरजित अभिब्यकति दिनु दुखद रहेकाे बताउनु भयकाेछ । पाटि नेताहरु मा राजनीतिक संस्सकार नदेखिनु सिनियर नेताहरु माथि गालिगलाेज मा उत्त्रियर तालि खाने भाषण दिदै हिड्दा के यसले उनिहरुलाई राम्रो गरेकाेछ भनी प्रस्न समेत गर्नु भयकाेछ । अधिबेशन काे बिषयलाई लियर केही जिम्मेवार नेताहरु सार्वजनिक र सामाजिक संजाल काे प्रयाे गरि गलत

भ्रम फजाउन लाग्नु कांग्रेस का लागि यस्ले राम्रो नगर्ने समेत बताउनु भयकाेछ । अब सबैले पाटि हित मा राखेर विधि सम्वत पाटि निर्णयमा जानू पर्ने बताउनु भयकाेछ ।

आज हेटौंडामा नेपाली कांग्रेस प्रदेश कार्यलय उदघाटन कार्यक्रममा बाेल्नु हुदै उहाँले कांग्रेसले जहिले पनि जनताकाे हित हुने काम गर्ने बताउनु भयाे ।

विद्धुत र सडककाे लागी मात्र एमसीसी अनुदान लिएकाे उहाँकाे भनाइ थियाे । गठबन्धनका केहि दलहरू एमसीसीकाे बारेमा दाेहाेर चरित्र देखाएकाे उहाँले अाराेप लगाउनु भयाे ।

नेता सिंहले कांग्रेस जतिकाे भराेसाकाे पार्टी अरू नभएकाे पनि दावी गर्नु भयाे । ‘अरू पार्टीहरू सरकारमा बस्छ, एमसिसिठिक छ भन्छ, एमसीसीलाइ चिठि पनि लेख्छ अनि पास गर्ने बेलामा एमसिसि राष्टघाती छ भन्छ । ’ उहाँले बताउनु भयाे ।

चुनावी तालमेलका बारेमा अहिले कांग्रेसमा तीन थरी धारणा रहेको नेता सिंहले बताउनु भयाे । ‘आउने चुनावमा के गर्ने भनेर अहिले पार्टीभित्र तीन धारको कुरा आइरहेको छ। एकथरी एक्लै जानुपर्छ, अर्कोथरी गठबन्धनलाई निरन्तरता दिनुपर्छ। एउटाले जिल्लालाई जिम्मा दिएर आवश्यकताअनुसार गर्नुपर्छ भन्छ,’ उहाँले बताउनु भयाे, ‘अभियानबाट फर्केर रिपोर्ट ल्याएपछि वर्किङ कमिटीमा के गर्दा राम्रो हुन्छ त्यो निर्णय गर्छौँ।’ प्रदेस नेताहरुलाई घरघर पुगेर जन्ताकाे मन जित्ने र कांग्रेस उमेदवार हरुलाई जिताउन लाग्न समेत निर्देसन दिनु भयकाेछ । कार्यक्रममा बाेल्दै नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्र बहानियाले अब तेराे मेराे नभनि बिधान सम्वत रुपमा उमेदवार तय गरिने भन्दै आफुहरु अब बागमती प्रदेश का सबै उमेदवार हरुलाई जिताउन केन्दित हुने गरि लाग्ने बताउनु भयकाे छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय