शनिबार, अशोज १३, २०८० | Saturday 30th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • एक किलो दुई सय ६८ ग्राम सुनसहित विमानस्थलको गेटबाट एक भारतीय नागरिक पक्राउ
मुख्य खबर

एक किलो दुई सय ६८ ग्राम सुनसहित विमानस्थलको गेटबाट एक भारतीय नागरिक पक्राउ

  • सिधा दृष्टी सोमवार, चैत्र ७, २०७८ | March 21, 2022

काठमाण्डौँ — एक किलोभन्दा धेरै सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना भारतीय नागरिक पक्राउ परेको छन् । हिजो आइतवार नेपाल एअरलाइन्सको जहाजमा दुबईबाट काठमाण्डौ आएका भारतीय नागरिक शुभम् मेहरालाई एक किलो दुई सय ६८ ग्राम सुनसहित विमानस्थलको गेटबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनले सुनलाई दुई वटा पलास्टिकमा राखेर पोको बनाइ मलद्वारमा लुकाएर ल्याएका प्रहरीले जानकारी दिएको छ । बरामद सुनको अन्दाजी मूल्य एक करोड आठ लाख ४९ हजार चार सय रुपैयाँ रहेको छ । पक्राउ परेका मेहरालाई प्रहरीले

त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा उपस्थित गराएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय