सोमवार, जेष्ठ ९, २०७९ | Monday 23rd May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • आजको खेलमा नेपाललाई जित निकाल्दै अंक तालिकामा आफूलाई बलियो बनाउने मौका छ
समाचार

आजको खेलमा नेपाललाई जित निकाल्दै अंक तालिकामा आफूलाई बलियो बनाउने मौका छ

  • सिधा दृष्टी सोमवार, चैत्र ७, २०७८ | March 21, 2022

काठमाडौँ — नेपालले आइसिसी विश्वकप लिग टूमा नेपालले शुक्रबार ४८ रनको लज्जास्पद हार व्यहोर्नु परेको थियो । नेपाली ब्याटरहरु जिम्मेवार नबन्दा नेपाल पराजित हुन पुग्यो । लिग टू अन्तर्गत आफ्नो तेस्रो सिरिजको पहिलो खेलमा पीएनजीमाथि दुई विकेटको जित निकालेको नेपाल दोस्रो खेलमा कमजोर बन्यो । आजको खेलमा नेपाललाई जित निकाल्दै अंक तालिकामा आफूलाई बलियो बनाउने मौका छ । युएईले पहिलो खेलमा पपुवा न्युगिनीलाई सात विकेटले हराउँदा दोस्रो खेलमा ६ विकेटले पराजित भएको थियो ।

आजको खेलमा दुबै टोलीलाई दुई अंक

महत्वपूर्ण छ । नेपालका आपनर कुशल भुर्तेल र आसिफ शेख आजको खेलमा खेल्ने विश्वास गरिएको छ । लगातार दुई खेलमा कमजोर बनेको दुई खेलाडी नेपालका लागि प्रमुख ब्याटर हुन् । यता दिपेन्द्र सिंह ऐरीको पनि दुई खेलमा राम्रो प्रदर्शन छैन् । मध्यक्रमका ब्याट्सम्यान रोहित पौड्याल र आरिफ शेखले भने ब्याटिङमा केही आशा देखाएका थिए ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय