शनिबार, जेष्ठ ७, २०७९ | Saturday 21st May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • लेटाङ आसपासका क्षेत्रमा बिहान ७ बजेदेखि कर्फ्यु
मुख्य खबर

लेटाङ आसपासका क्षेत्रमा बिहान ७ बजेदेखि कर्फ्यु

  • सिधा दृष्टी सोमवार, चैत्र ७, २०७८ | March 21, 2022

काठमाण्डौँ — मोरङको लेटाङ–५ मा हिजो आक्रोशित भिडको आक्रमणमा एक महिला प्रहरीको ज्यान गएको छ । स्थानीय शिक्षा विकास माविका एक शिक्षकले छात्रालाई यौन दुर्व्यवहारको प्रयास गरेको विषयमा भएको सर्वपक्षीय छलफलमा भिडको आक्रमणमा परि प्रहरी जवान उर्मिला श्रेष्ठको ज्यान गएको हो । उहाँको कोसी अस्पतालमा उपचारको लागि लैजाँदै गर्दा बाटोमै ज्यान गएको मोरङ प्रहरीले जनाएको छ । शुक्रवार होली खेल्ने क्रममा घर पुगेका शिक्षकले आफूलाई यौन दुर्व्यवहार गरेको १२ वर्षीया छात्राले बताएपछि हिजो विद्यालयमा यसबारे छलफल भएको थियो ।

छलफल

भइरहँदा स्थानीयले शिक्षकलाई बन्दी बनाएर आक्रमणको प्रयास गरेपछि प्रहरी परिचालन गरिएको थियो । आक्रोशित स्थानीय बासिन्दाले प्रहरीमाथि नै आक्रमण गरेको र आक्रमणमा परेर प्रहरी जवान श्रेष्ठको ज्यान गएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले उज्यालोलाई बताउनुभयो । उहाँका अनुसार अरु केही प्रहरी घाइते भएका छन् । आक्रोशित भिडलाई नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रु ग्यास र हवाई फायर गरेको थियो । अहिले स्थिति नियन्त्रणमा आएको र लेटाङ आसपासका क्षेत्रमा बिहान ७ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु लगाइएको प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिनुभयो । घटनाको थप अनुसन्धान भइरहेको जानकारी प्रप्त भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय