काठमाडौं- युट्युबमार्फत चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ। युट्युबमार्फत चरित्र हत्या गर्ने उद्देश्यले भ्रामक तथा अनर्गल वक्तव्यवाजी गरेको आरोपमा प्रहरीले ती युवतीलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सुनसरीको बराहक्षेत्र–३ स्थायी घर भइ हाल काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर १० बस्ने शर्मिला वाइबा रहेकी छन्।
उनले विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत कसुर गरेकोले पक्राउ गरी अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप गरिएको नेपाल प्रहरीको साइबर व्यूरोले जनाएको छ।
उनलाई प्रहरीले चैत ४ गते चितवनबाट