बैतडी- बैतडीमा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। दुर्घटनामा पाँच जना घाइते भएका छन्।
दुर्घटनामा घाइते भएका एक जनाको उपचारका लागि डडेल्धुरा अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा सुर्नया गाउँपालिका–३ की २५ वर्षीया दुर्गा चन्द रहेकी छन्।
इलाका प्रहरी कार्यालय पाटनका अनुसार आइतबार साँझ पाटनबाट घर पोत्ने माटो लिएर सुर्नयातर्फ आउँदै गरेको से१ख १२४२ नम्बरको मिनी ट्रक पाटन बजार नजिकैको सडकमा दुर्घटनामा परेको हो।
ट्रकमा सवार ६ जना नै महिला
रहेको प्रहरीले जनाएको छ। घाइतहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। प्रहरीले ट्रक चालक पाटन–४ का विरेन्द्र खत्रीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ।