विराटनगर- प्रधानमन्त्री शेरबहादुर देउवा मोरङको सुन्दरहरैंचा आउँदैछन्। सोमबार बिहान नगरपालिकाको प्रशासनिक भवन तथा सुन्दरहरैंचा–९ स्थित कृषि बजार परियोजना शिलान्यास कार्यक्रमको लागि देउवा आउन लागेका हुन्।
मुख शिवप्रसाद ढकालका अनुसार प्रधानमन्त्री देउवाले सर्वप्रथम प्रशासनिक भवन शिलान्यास कार्यक्रममा सहभागी हुने र त्यसपछि वडा नम्बर ९ स्थित कृषि बजारको शिलान्यास गर्ने कार्यक्रम छ। शिलान्यासपछि स्थानीय नेता कार्यकर्तासँग भेटघाट कार्यक्रम रहेको बताईएको छ।