शनिबार, जेष्ठ ७, २०७९ | Saturday 21st May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • बलिउड / हलिउड
  • भारतका सुपरस्टार सलमान खान मे २८ मा नेपाल आउने भएका छन्
बलिउड / हलिउड

भारतका सुपरस्टार सलमान खान मे २८ मा नेपाल आउने भएका छन्

  • सिधा दृष्टी आइतवार, चैत्र ६, २०७८ | March 20, 2022

काठमाडौँ – भारतका सुपरस्टार सलमान खान नेपाल आउने भएका छन्। नेपालमा उनको आगमनको विभिन्न कारणबारे अड्कलबाजी भईरहेको समयमा सलमान खान आफैले आफू नेपाल आउन लागेको जानकारी दिएका हुन्।

नेपाल भ्रमणबारे भिडियो सन्देश सार्वजनिक गर्दै खानले आफू ‘दशंग टुर’ अन्तर्गत नेपाल आउँन लागेको बताएका छन्। उनले सन् २०२२ को मे २८ मा नेपालको दशरश रंगशालामा आउँन लागेको बताएका छन्।

उनले नेपाल आएर धेरै रमाइलो गर्ने भन्दै सबैलाई सुरक्षित रहनको लागि आग्रह गरेका छन्।

सलमान खानको चर्चित चलचित्र दबंगकै नाममा उनले पछिल्ला

केही वर्षदेखि विश्वका विभिन्न देशको भ्रमण गरिरहेका छन्। उनको यो भ्रमणमा ज्याकलिन फर्नान्डेज पनि हिड्ने गरेकी छिन्।

पछिल्लो पटक दुबईमा भएको यी टुर अन्तर्रतको कार्यक्रममा ज्याकलिनलाई भारतको अध्यागमन विभागले अन्तराष्ट्रिय यात्रा गर्न प्रतिबन्ध पनि लगाएको थियो।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय