मङ्लबार, अशोज १६, २०८० | Tuesday 3rd October 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • क्रिप्टोकरेन्सीमा प्रियंकाको लगानी ? सीआईबीले थाल्यो अनुसन्धान
मुख्य खबर

क्रिप्टोकरेन्सीमा प्रियंकाको लगानी ? सीआईबीले थाल्यो अनुसन्धान

  • सिधा दृष्टी आइतवार, चैत्र ६, २०७८ | March 20, 2022

क्रिप्टोकरेन्सीको एउटा विज्ञापनमा उनले पनि लगानी गरेको ‘स्वीकारोक्ति’ भेटिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) उनीमाथि अनुसन्धान सुरु गरेको हो ।

सीआइबीको बोलावटपछि नायिका कार्की आज बयान दिन पुगेकी छिन् । सीआइबी प्रमुख धिरजप्रताप सिंहले राज्यले प्रतिबन्ध लगाएको काममा संलग्नता देखिएकाले बोलाएर सोधपुछ गरिएको जानकारी दिए ।

‘राष्ट्र बैंकले बारम्बार प्रतिबन्धित भनिरहेको क्रिप्टोकरेन्सीमा लगानीका लागि प्रोत्साहित गर्ने तरिकाले विज्ञापनमा देखिएकाले उनलाई बोलाइएको हो’, डीआईजी सिंहले नेपाल प्रेससँग भने ।

सिंहका अनुसार ‘बिनान्स’ भन्ने किप्टोकरेन्सीको सामाजिक सञ्जालका पेजहरूमा राखिएको भिडियोमा प्रियंकाले ‘मैले

पनि लगानी गरेको छु’ भन्दै बोलेको देखिएको छ ।

डीआईजी सिंहले थप अनुसन्धानपछि मात्रै निष्कर्षमा पुग्न सकिने बताए ।

नायिका कार्कीले सीआईबीलाई क्रिप्टोकरेन्सीको अनुसन्धानमा सहयोग गर्न आफू त्यहाँ पुगेको बताइन् । आफू क्रिप्टोकरेन्सीमा संलग्न भने नरहेको उनको भनाइ छ ।

उनले भनिन्, ‘कसैले मेरो तस्बिर प्रयोग गरेर क्रिप्टोकरेन्सीको विज्ञापन गरेको रहेछ । यसबारे मलाई जानकारी छैन । तर, अनुसन्धानमा सहयोग गर्न बोलाइएकाले उपस्थित भएको हुँ ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय