मङ्लबार, जेष्ठ १६, २०८० | Tuesday 30th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • कांग्रेस बागमती प्रदेशमा १६ जना मनोनित भएका छन्
समाचार

कांग्रेस बागमती प्रदेशमा १६ जना मनोनित भएका छन्

  • सिधा दृष्टी आइतवार, चैत्र ६, २०७८ | March 20, 2022

नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिमा १६ जना मनोनित भएका छन् । पार्टीको विधान १३ (६) अनुसार प्रदेश कार्यसमितिका सभापति इन्द्रबहादुर बाँनियाले उनीहरुलाई आज मनोनयन गरेका हुन् ।

सिन्धुपाल्चोकका निमा लामा, भक्तपुरका कृष्णलाल भँडेल, मकवानपुरका सन्तबहादुर प्रजा, रसुवाका प्रभात तामाङ तथा नुवाकोटबाट अर्जुन न्यौपाने र कल्पना नेपालीलाई मनोनयन गरिएको छ ।

यसैगरी धादिङबाट तीलकप्रसाद रुवाली, काठमाडौँका छिरिङदोर्जे लामा, राजु खरेल, गौरी दवाडी, हरिहर अधिकारी र भगवतीकुमारी खड्कालाई सभापति बानियाँले कार्यसमितिमा मनोनयन भएका पार्टी प्रदेश कार्यालयले जनाएको छ । सभापतिबाट मनोनयन हुनेमा

ललितपुरका रमेशकुमार वखती र राजेश महर्जन तथा दोलखाका प्रभुराम श्रेष्ठ हुनुहुन्छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय