बिहिबार, जेष्ठ १२, २०७९ | Thursday 26th May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • चुनाव नजिकिदै गर्दा टिकटकाे आशा राख्नु स्वभाविक भएपनि टिकट प्राप्त गर्न पार्टीकाे बैधानिक प्रक्रिया सबैले पालना गर्नु पर्ने : नेता सिंह
समाचार

चुनाव नजिकिदै गर्दा टिकटकाे आशा राख्नु स्वभाविक भएपनि टिकट प्राप्त गर्न पार्टीकाे बैधानिक प्रक्रिया सबैले पालना गर्नु पर्ने : नेता सिंह

  • सिधा दृष्टी आइतवार, चैत्र ६, २०७८ | March 20, 2022

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जुनसुकै छिमेकी मुलुक दिएका राष्ट्र र जनताको हितमा दिने सहयोग लिन सकिने बताउनु भएकाे छ ।

आइतबार नेपाली कांग्रेस काठमाडौ क्षैत्र नं १ ले ‘घर घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान अन्तर्गत बुद्धनगरमा आयोजित कार्यक्रममा बोल्दै नेता सिहंले सो कुरा बताउनु भएकाे हाे ।

आफ्नो पार्टीले देश र जनताको हित विपरितका सहयोग अस्वीकार गर्ने पनि उहाँले बताउनु भयाे । राजनीति मुलुक र जनताको हितलाई ध्यानमा राखेर गर्ने कुरामा आफू प्रस्ट र अहिले एमसीसीको विषयमा फैलिएको नकारात्मक

हल्लाको पछि नलाग्न समेत नेता सिंहले आग्रह गर्नु भयाे ।

फरक प्रसंगमा उहाँले चुनाव नजिकिदै गर्दा टिकटकाे आशा राख्नु स्वभाविक भएपनि टिकट प्राप्त गर्न पार्टीकाे बैधानिक प्रक्रिया सबैले पालना गर्नु पर्ने उहाकाे भनाई छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय