काठमाडौँ — दक्षिणी युक्रेनको जापोरिज्जियामा रुसी सेनाको गोलाबारीमा कम्तीमा ९ जनाको मृत्यु भएको छ । गोलाबारीमा १७ जना घाइते भएका त्यहाँका उपमेयरले जनाएका छन् । गोलाबारीपछि जापोरिज्जियामा ३८ घन्टा कर्फ्यू घोषणा गरिएको छ । सो क्षेत्रमा मोटार्स, ट्याङ्क, हेलिकोप्टर, रकेटमार्फत रुसी सेनाले हमला गरेको प्राप्त विवरणहरूमा जनाइएको छ ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले विलम्ब नगरी अर्थपूर्ण वार्ता गर्न आह्वान गर्न गरिरहेका बेला रुसी सेनाले तीव्र हमला गरिरहेको छ । २४ फेब्रुअरीदेखि भएको रुसी हमलामा सयौँ मारिएका छन् भने २५ लाख
विस्थापित भएका छन् ।