धनगढी- कञ्चनपुरमा जंगली बँदेलको आक्रमणमा परी पाँच जना घाइते भएका छन्।
बेदकोट नगरपालिका विभिन्न बस्तीमा पसेर बदेलले स्थानीयलाई आक्रमण गरेको हो। वेदकोट नगरपालिकाका नगर प्रमुख अशोक चन्दले बँदेलले बस्तीमा आएर आक्रमण गरी पाँच जनालाई घाइते बनाएको बताए।
घाइतेमध्ये ४ जनाको महाकाली अस्पतालमा उपचार भइरहेको छ। घाइते हुनेमा बेदकोट–२ का ६२ वर्षीय शोभी कोली र ६० वर्षीय डम्मर लुहार, वडा न ३ का पदमा कुँवर र वडा न १० का १४ वर्षीय शारदा भट्ट रहेका छन्।
एक जना