काठमाडौं- लोकप्रिय गायन रियालिटी शो नेपाल आइडल सिजन-४ को उपाधि विजेता भूपेन्द्र थापामगर बनेका छन्। शनिबार सम्पन्न ग्राण्ड फिनालेमा रुपन्देहीका थापामगरले उपाधि जितेका हुन्।
उपाधिसँगै उनले ३० लाख रुपैयाँ नगदका साथै विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेका छन्। यस्तै झापाका नामगेल तामाङ फस्ट रनरअप र रामेछापका रञ्जित नेपाली सेकेन्ड रनरअप घोषित भएका छन्।
दर्शकले दिएको मतका आधारमा आइडल छानिएको हो।