मङ्लबार, जेष्ठ १६, २०८० | Tuesday 30th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • अमेरिकाको मेरिल्याण्ड राज्य विधानसभा सांसद डा ह्यारी भण्डारीको पहलमा दसैं विधेयक पारित भएको छ
मुख्य खबर

अमेरिकाको मेरिल्याण्ड राज्य विधानसभा सांसद डा ह्यारी भण्डारीको पहलमा दसैं विधेयक पारित भएको छ

  • सिधा दृष्टी आइतवार, चैत्र ६, २०७८ | March 20, 2022

काठमाडौं- अमेरिकाको मेरिल्याण्ड राज्य विधानसभा सांसद डा ह्यारी भण्डारीको पहलमा त्यहाँ दसैं विधेयक पारित भएको छ। सो विधेयकको प्रस्तावनामा लेखिएको छ नेपालमा उत्पति भएको दसैं असत्यमाथि सत्यको जीतको खुसीयालीमा मनाइने एक सांस्कृतिक चाड हो।

यो विधेयक अमेरिकाकै सबैभन्दा पुरानो राज्य संसद् मेरिल्याण्डको ४४४ औं संसद् अधिवेशनमा प्रस्तुत भएको थियो। संसद्मा नेपालीमा लेखिएको विधेयक प्रस्तुत गर्नु र पारित हुनु आफ्ना लागि गर्वको विषय भएको त्यहाँका विधानसभा सदस्य भण्डारीले विज्ञप्तिमा उल्लेख गरेका छन्।

'हामी यतिमा अडिनु हुँदैन। किनकि अझै विधेयक कानुन बनिसकेको

छैन, सिनेटमा प्रक्रियामा रहेको छ। मैले हाउस अफ एसेम्बली (विधानसभा) मा पारित गराएर महत्वपूर्ण खुड्किलो पार गराएको छु र सिनेटबाट पनि पार लगाउन हरसम्भव प्रयास गरिरहेको छु,' उनले भनेका छन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय