काठमाडौं- ललितपुरमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
गोदावरी नगरपालिका–३, पुतलीघाट बस्दै आएका उदयपुरको कटारी नगरपालिका–१०, सोरुङका ३८ वर्षीय चुक्तबहादुर राउतलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।
पुतलीघाटस्थित सडक किनारमा पार्किङ गरिराखेको बा४ख ३१८१ नम्बरको बसभित्र मंगलबार राति राउतले बालिकालाई जबरजस्ती करणी गरेको भन्ने सूचनापछि महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको छ।