शुक्रबार, चैत्र १०, २०७९ | Friday 24th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • करिव २०८ वर्ष पुरानो ऐतिहासिक सम्पदा ‘समय फल्चा पाटी’को पुनर्निर्माण
समाचार

करिव २०८ वर्ष पुरानो ऐतिहासिक सम्पदा ‘समय फल्चा पाटी’को पुनर्निर्माण

  • सिधा दृष्टी शनिबार, चैत्र ५, २०७८ | March 19, 2022

काठमाडौँ – करिव २०८ वर्ष पुरानो ऐतिहासिक सम्पदा ‘समय फल्चा पाटी’को पुनर्निर्माण गरिएको छ । विभिन्न मुद्धा मामिलाका कारण पुनर्निर्माणको काम अघि बढाउन नसकिएको ललितपुरको पुल्चोकमा रहेको सो पार्टीको शनिबार बिहान उद्घाटन गरिएको हो ।

२०६५ सालमा सर्वोच्च अदालतले पुनर्निर्माणको काम गर्न आदेश दिँदा पनि बन्न नसकेको सो सम्पदाको पुनर्निर्माणको हाल आएर सम्पन्न गर्न पाएकोमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले खुशी व्यक्त गर्नु भयो ।

सो पार्टी नबनाउन माग गर्दै लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाले जिल्ला अदालत पाटनमा समेत मुद्धा हालेको

थियो । तर अन्तिममा उच्च अदालतले पाटनले समेत बनाउनका लागि फैसला गरेपछि यसको उद्घाटन गर्ने अवसर मिलेको मेयर महर्जनले बताउनु भयो ।

उहाँले सम्पदाप्रेमीहरुले समेत चिन्ता व्यक्त गरेको सो सम्पदा पुनर्निर्माण गर्न पाउँदा पुल्चोकका नगरबासी समेत हर्षित भएको बताउनु भयो । सम्पदाको संरक्षण गर्ने विषयलाई मुद्धा मामिला बनाइएकाले यसको पुनर्निर्माणको काममा ढिलाई हुन गएको ललितपुर महानगरपालिकाले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय