शनिबार, अशोज १३, २०८० | Saturday 30th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • नेता झलनाथ खनालले आगामी निर्वाचनमा नेकपा एमालेलाई जिरोमा झार्नुपर्छ
समाचार

नेता झलनाथ खनालले आगामी निर्वाचनमा नेकपा एमालेलाई जिरोमा झार्नुपर्छ

  • सिधा दृष्टी शनिबार, चैत्र ५, २०७८ | March 19, 2022

काठमाडौं- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आगामी निर्वाचनमा नेकपा एमालेलाई जिरोमा झार्नुपर्ने बताएका छन्।

एकीकृत समाजवादीको गुल्मी सम्पर्क मञ्चको भेलालाई सम्बोधन गर्दै उनले आगामी निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गर्न एमालेलाई जिरोमा झार्नुपर्ने धारणा राखेका हुन्।

केपी ओलीले दक्षिणपन्थी भएर पटकपटक प्रतिनिधिसभा विघटन गरेको खनालको आरोप छ। 'ओलीको उक्त कदमको हामीले तल्लो तहसम्म भण्डाफोर गर्नुपर्छ। ओली अवसरवादको पर्दाफास गर्न आवश्यक छ। आउने निर्वाचनमा ओलीलाई सबैभन्दा ठूलो कारबाही गर्नुपर्छ। बाकसमा जिरो मत बनाउनतिर लाग्नुपर्छ,’ उनले भने।

नेता खनालले चितवन र गोदावरीको कुम्भ मेलाबाट अवसरवादी गुटले कुनै कुराको विश्लेषण गर्न छाडिसकेको आरोपसमेत लगाएका छन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय