शनिबार, जेष्ठ १४, २०७९ | Saturday 28th May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • रुखले किचेर एकजनाको ज्यान गएको छ
समाचार

रुखले किचेर एकजनाको ज्यान गएको छ

  • सिधा दृष्टी शनिबार, चैत्र ५, २०७८ | March 19, 2022

ताप्लेजुङ – ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निघुरादिनमा शुक्रबार रुखले किचेर एकजनाको ज्यान गएको छ। दाउराका लागि रुख काट्ने क्रममा ढल्दै गरेको रुखले अचानक किचेर सोही ठाउँका तुलसी भनिने भीमप्रसाद रम्तेलको ज्यान गएको हो।

रम्तेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। ढल्दै गरेको रुख रम्तेलको ढाडमा बजारिएको स्थानीयले बताएका छन्। रम्तेलको शव परीक्षणका लागि जिल्ला अस्पताल ताप्लेजुङ लगिएको छ। –रासस

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय