काठमाडौँ — ड्रोनभित्र सुन लुकाएर ल्याएको आरोपमा एक जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार पक्राउ गरेको विमानस्थल प्रमुख भन्सार प्रशासक महेश भट्टराईले जानकारी दिए । पक्राउ पर्नेमा भुटानी शरणार्थी अनिषहाङ बहिङ राई छन् । भट्टराईका अनुसार उनले ड्रोन ह्यान्डब्यागमा बोकेर ल्याएका थिए । तर त्यसलाई उनले एक्सरे मेसिनमा हाल्न मानिरहेका थिएनन् । एक्सरे मेसिनमा हाल्न मानिरहेका थिएनन्। कर्मचारीले शंका लागेर मेसिनमा हाल्दा शंकास्पद वस्तु देखियो,’ उनले भने, ‘ड्रोनको लेन्सनिर सुनको बिस्कुट रहेछ । सुरूमा उनीबाट १०० ग्राम सुन बरामद भएको थियो
।
त्यसरी सुन भेटिएपछि प्रहरी तथा कर्मचारीले उनको अर्को लगेज पनि चेक गरेको थियो । त्यसभित्र रहेको जुत्ता भित्रको भागबाट पनि चाँदीको जलप लगाइएको धातु बरामद भएको भट्टराईले बताए । जुत्ता भित्र पनि ९३४ ग्राम सुन जस्तो धातु तर बाहिर चाँदीको जलप लगाइएको वस्तु फेला परेको छ,’ उनले भने, ‘त्यसको परीक्षण हुँदैछ। रिपोर्ट आइसकेको छैन । उनीबाट पाँच वटा फोन पनि बरामद भएको छ । पक्राउ परेका राईलाई महानगरीय प्रहरी वृत्त गौशालाको हिरासतमा राखिएको छ । उनीमाथि अनुसन्धान अघि बढेको भन्सार कार्यालयले जनाएको छ ।