काठमाडौँ — सिरहा प्रहरीले पेस्तोल र गोलीसहित शुक्रबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका ११ निवासी ४२ बर्षका ब्रहमदेब यादव छन् ।बीआर ३२ एबी ०४४९ नम्बरको मोटरसाइकलमा सबार यादवलाई सोही वडाको आँप चोकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनको साथबाट मेड इन इटाली लेखिएको पेस्तोल एक थान र ५ राउन्ड गोलीसहितको एक थान म्याग्जिन बरामद भएको सिरहा प्रहरीका प्रबक्ता एवं डिएसपी सुवास बुढाथोकीले जानकारी दिए ।