शुक्रबार, चैत्र १०, २०७९ | Friday 24th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • रुसी आक्रमणलाई खाद्य सामग्रीको समस्या
समाचार

रुसी आक्रमणलाई खाद्य सामग्रीको समस्या

  • सिधा दृष्टी शुक्रबार, चैत्र ४, २०७८ | March 18, 2022

काठमाडौँ — रुसी सेनाले युक्रेनमा आफ्नो आक्रमण जारी राख्न सङ्घर्ष गरिरहेको बेलायती रक्षा मन्त्रालयको पछिल्लो गुप्तचर निकायले जनाएको छ । युक्रेनमा कमजोर हुँदै गएको रुसी आक्रमणलाई खाद्य सामग्रीको समस्याले घेरिरहेको उसले प्रतिवेदनमा उल्लेख गरेको छ ।

सैनिकहरूले उनीहरूको सीमित गतिशीलता र हवाई लडाकु विमानहरूको अभावका कारण खाना र इन्धनजस्ता आधारभूत आवश्यक वस्तु अन्य सेनाहरूलाई प्रभावकारी ढङ्गमा पुनः आपूर्ति गर्न सकेका छैनन् ।

युक्रेनको निरन्तर प्रत्याक्रमणहरूले रुसलाई आफ्नो आपूर्ति लाइनको रक्षा गर्न ठूलो सङ्ख्यामा सेना फिर्ता लग्न बाध्य तुल्याएको छ ।

यसले रुसको आक्रमण क्षमतालाई निकै सीमित गरिरहेको छ । प्रतिवेदनले बिहीबार अमेरिकाले गरेको आँकलनलाई प्रतिविम्बित गर्छ जसमा रुसको सेना देशभित्र नै अल्झिएका छन् भनिएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय