शनिबार, जेष्ठ ७, २०७९ | Saturday 21st May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • नेपालको मधेस तराई क्षेत्रमा आज (शुक्रबार) हर्सोलासपूर्वक मनाइँदै
समाचार

नेपालको मधेस तराई क्षेत्रमा आज (शुक्रबार) हर्सोलासपूर्वक मनाइँदै

  • सिधा दृष्टी शुक्रबार, चैत्र ४, २०७८ | March 18, 2022

काठमाडौँ — रंगहरूको पर्व फागु पूर्णिमा (होली) नेपालको मधेस तराई क्षेत्रमा आज (शुक्रबार) हर्सोलासपूर्वक मनाइँदै छ ।

भौगोलिक संरचना र मान्यताअनुरूप फागु पूर्णिमा मनाउने चलन छ । पहाडी जिल्लामा बिहीबार नै फागु पूर्णिमा मनाइएको छ । तर मधेस तथा तराईका जिल्लाहरूमा भने आज होली मनाइँदै छ ।
होलीका अवसरमा केन्द्र सरकारले १ दिन सार्वजनिक बिदा दिएको छ । पहाडी जिल्लामा बिहीबार सार्वजनिक बिदा दिइएको भए पनि तराईका जिल्लामा आज सार्वजनिक बिदा दिएको छ ।

स्थानअनुसार मनाइने फागु पुर्णिमाको नाम

पनि फरक फरक छ । हिमाली र पहाडी भेकमा ‘फागु’ र मधेशमा ‘होली’ भनिन्छ । मैथिली भाषामा भने होलीलाई ‘फगुआ’ र ‘होरी’ भानिन्छ ।

तराई–मधेशका अधिकांश क्षेत्रमा पूर्णिमाको भोलिपल्ट होली पर्व मनाइने चलन भए पनि प्राचीन मिथिलाको राजधानी जनकपुधाममा अन्तरगृह परिक्रमा सकेको भोलिपल्ट होली पर्व मनाइने गरिएको छ । पन्ध्र दिने मिथिला परिक्रमा सहभागी तीर्थयात्री जनकपुधामको परिक्रमा गरी आआफ्नो गन्तव्यमा पुग्ने गरेका कारण होली मनाइने चलनमा यहाँ केही फरक देखिएको हो ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय