रुपन्देही- रुपन्देहीमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको ज्यान गएको छ। दुर्घटनामा दुई जना घाइते भएका छन्।
पूर्व-पश्चिम राजमार्गअन्तर्गत रुपन्देहीको देवदह नगरपालिका भलुहीमा बिहीबार बेलुका लु२ख ३५७३ नम्बरको टिपरले लु५८प ३९६५ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा नवलपरासी सुनवल-४ की ३४ वर्षीया शान्ति भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ।
उनका श्रीमान र तीन वर्षीय छोरा घाइते छन्। घाइते दुवै जनाको देवदह मेडिकल कलेजमा उपचार भइरहेको छ।
यस्तै तिलोत्तमा नगरपालिका वडा नम्बर १५ पत्थरडाँडामा गएराति मोटरसाइकलबाट खसेर २३ वर्षीय जितबहादुर थापाको ज्यान गएको