शुक्रबार, चैत्र १०, २०७९ | Friday 24th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • युक्रेनबाट झन्डै २० लाख मानिस पोल्यान्ड पुगे
समाचार

युक्रेनबाट झन्डै २० लाख मानिस पोल्यान्ड पुगे

  • सिधा दृष्टी शुक्रबार, चैत्र ४, २०७८ | March 18, 2022

वार्सा (पोल्यान्ड)- युक्रेनमा युद्ध सुरु भएपछि झन्डै २० लाख मानिस युक्रेनबाट पोल्यान्ड पुगेको पोल्यान्डको सीमा सुरक्षा निकायले जानकारी दिएको छ। पोल्यान्ड आएका झन्डै ५ लाख मानिस अन्यत्र गइसकेको वार्सा विश्वविद्यालयमा कार्यरत आप्रवासनसम्बन्धी अनुसन्धानकर्ता प्राध्यापक माचे दुश्चकले बताएका छन्।

बुधवार मात्र ६० हजार मानिसले सीमा पार गरेको सीमा सुरक्षा बलले जनाएको छ। उक्त सङ्ख्या मङ्गलवारको भन्दा ११ प्रतिशत कम हो। बिहीवार पोल्यान्डको स्थानीय समय अनुसार बिहान ७ बजेसम्म १२ हजार जना युक्रेनबाट पोल्यान्ड प्रवेश गरेका थिए। बुधवार सोही अवधिमा सीमा पार

गर्ने मानिसको सङ्ख्या १३ हजार ६ सय थियो।

पोल्यान्ड छिरेका अधिकांश शरणार्थीहरू वार्सा, क्राको र व्रोक्लाजस्ता ठूला सहरमा गएका छन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय