मङ्लबार, जेष्ठ १६, २०८० | Tuesday 30th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • पोल्यान्डकी क्यारोलिना बेलावस्काले विश्व सुन्दरी प्रतियोगिताको उपाधि जितेकी छिन्
समाचार

पोल्यान्डकी क्यारोलिना बेलावस्काले विश्व सुन्दरी प्रतियोगिताको उपाधि जितेकी छिन्

  • सिधा दृष्टी बिहिबार, चैत्र ३, २०७८ | March 17, 2022

काठमाडौँ — यस वर्षको विश्व सुन्दरी प्रतियोगिताको उपाधि पोल्यान्डकी क्यारोलिना बेलावस्काले जितेकी छिन् । ४० जना प्रतिस्पर्धीलाई पछि मार्दै उनले उपाधि जितेकी हुन् । बिहान अमेरिकामा भएको ७०औँ संस्करणको मिस वर्ल्ड ग्रान्ड फिनालीमा उनी विजेता घोषित भएकी हुन् । विश्व सुन्दरी प्रतियोगिताको उपाधि जितेकी पोल्यान्डकी क्यारोलिना बेलावस्काले अहिले स्नातकोत्तर गर्दैछिन् ।

आयोजनाका अनुसार पीएचडी गर्ने उनको योजना छ । उनले मोडलिङ समेत गरिसकेकी छिन् । यस्तै, अमेरिकाकी श्री साइनी फस्ट रनरअप र कोटे डी आइभोरकी ओलिभिया एस सेकेन्ड रनरअप भए

। यस्तै, ब्युटी विथ पर्पसको उपाधि अमेरिकाले जितेको छ । मिस नेपाल नम्रता श्रेष्ठ भने अन्तिम १२ मा छनौट हुन सकिनन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय