मङ्लबार, जेष्ठ १६, २०८० | Tuesday 30th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • बलिउड / हलिउड
  • अभिनेता रणवीर कपूर र अभिनेत्री श्रद्धा कपूरको प्रमुख भूमिकामा अभिनय रहने एक बेनामे फिल्म विवादमा तानिएको छ
बलिउड / हलिउड

अभिनेता रणवीर कपूर र अभिनेत्री श्रद्धा कपूरको प्रमुख भूमिकामा अभिनय रहने एक बेनामे फिल्म विवादमा तानिएको छ

  • सिधा दृष्टी बिहिबार, चैत्र ३, २०७८ | March 17, 2022

काठमाडौँ — अभिनेता रणवीर कपूर र अभिनेत्री श्रद्धा कपूरको प्रमुख भूमिकामा अभिनय रहने एक बेनामे फिल्म विवादमा तानिएको छ । निर्देशक लव रञ्जनले निर्देशन गर्ने यो फिल्मको सुटिङ सेटमा केही व्यक्तिले तोडफोड गरेका छन् ।रञ्जनको फिल्ममा काम गरिसकेका केही कामदारले पूर्ण पारिश्रमिक नपाएको भन्दै तोडफोड गरेका छन् । निर्देशकले गत वर्ष अक्टोबरमा ‘चारकोप’, ‘कान्दीवली’मा एक गीतमा काम गरे पनि त्यो पैसा अहिलेसम्म नपाएको कामदारले जनाएका छन् ।

निर्देशक रञ्जनले करिब ३ सय ५० व्यक्तिलाई पारिश्रमिक दिएका छैनन् र यसको कुल

मूल्य १ दशमलब २ करोड रुपैयाँ पर्दछ । प्रहरीले कामदारले सुटिङ सेटमा तोडफोड गरेको सूचना पाएपछि उनीहरुलाई नियन्त्रणमा लिएर प्रहरी चौकीमा ल्याएको थियो । त्यसपछि वर्कस यूनियनले चौकीमा पुगेर सबै कामदारलाई बाहिर ल्याएको थियो । निर्देशक रञ्जनले भने अहिलेसम्म यो मामलामा केही बोलेका छैनन् ।

रणवीर र श्रद्धाको अभिनय रहने फिल्म रोमान्टिक ड्रामामा आधारित छ । यो फिल्म आगामी वर्षको मार्च ८ मा रिलिज हुँदैछ । फिल्ममा डिम्पल कपाडिया र बोनी कपुर पनि प्रमुख भूमिकामा छन् । फिल्मको अन्तिम सुटिङका लागि लव टिमका साथ यसै वर्षको मध्यमा स्पेन जानेछन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय