शुक्रबार, चैत्र १०, २०७९ | Friday 24th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • जथाभावी गैरकानुनी कार्य गरेमा तत्काल पक्राउ गरी कारबाही गरिने बताएका छन्
मुख्य खबर

जथाभावी गैरकानुनी कार्य गरेमा तत्काल पक्राउ गरी कारबाही गरिने बताएका छन्

  • सिधा दृष्टी बिहिबार, चैत्र ३, २०७८ | March 17, 2022

काठमाडौँ — काठमाडौँ उपत्यकाका काठमाडौँ र भक्तपुर जिल्ला प्रशासन कार्यालयले होली पर्वका नाममा जथाभावी गैरकानुनी कार्य गरेमा तत्काल पक्राउ गरी कारबाही गरिने बताएका छन् ।

भक्तपुर जिल्ला प्रशासन कार्यालयले सार्वजनिक अपिल जारी गर्दै इच्छाविपरीत कसैलाई फोहोर पानी फाल्ने, केमिकलसहितको रङ दल्ने, प्लास्टिकजन्य लोला हान्ने, रासायनिक पदार्थ छ्याप्ने, बाटोमा हिँड्ने व्यक्तिलाई अनावश्यक दुःख दिने, बाटो अवरोध गरी सवारी साधनबाट रकम असुल्ने, यातायात आवागमनमा अवरोध गरे कारबाही गरिने चेतावनी दिएको हो ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माद्वारा जारी सूचनामा कानुनले बन्देज लगाएका

क्रियाकलाप नगर्न सचेत गराइएको छ । यस्ता कार्य गरेमा कानुनबमोजिम कारबाही गरिने उनले बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय