बिहिबार, जेष्ठ १२, २०७९ | Thursday 26th May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • मर्यादितरूपमा होली पर्व मनाउन सबै नेपालीहरुलाई आग्रह गरेका छन् :प्रधानमन्त्री शेरबहादुर देउवा
समाचार

मर्यादितरूपमा होली पर्व मनाउन सबै नेपालीहरुलाई आग्रह गरेका छन् :प्रधानमन्त्री शेरबहादुर देउवा

  • सिधा दृष्टी बिहिबार, चैत्र ३, २०७८ | March 17, 2022

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य मापदण्ड पालना गर्दै मर्यादितरूपमा होली पर्व मनाउन सबै नेपालीहरुलाई आग्रह गरेका छन् ।

फागु पूर्णिमा (होली) को अवसरमा आज शुभकामना सन्देश दिंदै प्रधानमन्त्री देउवाले कोभिड–१९ को संक्रमण अझै पूर्णरूपमा नियन्त्रण भइनसकेकाले स्वास्थ्य मापदण्ड पालना गर्न र अरुलाई अवरोध नपुग्ने गरी होली मनाउन आग्रह गरेका हुन् ।

उहाँले शुभकामना सन्देशमार्फत होलीमा खेलिने विविध रङहरूजस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिकरूपमा विविधतापूर्ण रहेको उल्लेख गर्दै यही विविधताबीचको एकता नै नेपालीको पहिचान बनेको उल्लेख गरेका छन्

फाल्गुण शुक्ल पूर्णिमाको दिन हिमाली एवं पहाडी जिल्लामा र त्यसको भोलिपल्ट तराईका जिल्लामा अबीर खेल्दै फागुपूर्णिमा मनाइन्छ । होलीको अवसरमा आज हिमाली र पहाडी जिल्लामा सरकारले सार्वजनिक विदा दिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय