काठमाडौँ — पुर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन गरेर निर्वाचन जित्छौं भन्ने सोच हटाउन निर्देशन दिएका छन् । माओवादीको उपत्यका विशेष समन्वय समिति, सम्पर्क समन्वय समिति, प्रवास समन्वय समितिको प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले आफ्नै तागतको बलमा चुनाव जित्ने आत्मविश्वास लिनुपर्ने बताएका छन् । गठबन्धनबाट आश गरेर जितौंला र खाउँला भन्ने दिमागबाट हटाइदिनुस् ।
गठबन्धन हुन्छ, उनीहरूले हामीलाई छोड्छन्, हामीले चुनाव जित्छौं र हामी फेरि भोलि पनि राम्रै पोजिसनबाट हुन्छौं भन्ने दिमागबाट हटाइदिनू उनले भने हामी
आफैं नमरी स्वर्ग देखिँदैन । आफ्नै खुट्टामा, आफ्नै तागतको बलमा हामीले चुनाव जित्छौं भन्ने आत्मविश्वासको साथ हामी अगाडि बढ्नुपर्छ । हामीले सबैले यो लडाइँ जित्न सबै तागत लगाउनुपर्छ भन्ने अर्थमा बुझ्न जरूरी छ ।