मङ्लबार, अशोज ९, २०८० | Tuesday 26th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • काठमाडौं महानगरपालिकाको मेयरमा नेपाली काँग्रेसबाट वर्तमान उपमेयर हरिप्रभा खड्की उम्मेदवार बन्ने सम्भावना
समाचार

काठमाडौं महानगरपालिकाको मेयरमा नेपाली काँग्रेसबाट वर्तमान उपमेयर हरिप्रभा खड्की उम्मेदवार बन्ने सम्भावना

  • सिधा दृष्टी बुधबार, चैत्र २, २०७८ | March 16, 2022

काठमाडौं, २ चैत्र । काठमाडौं महानगरपालिकाको मेयरमा नेपाली काँग्रेसबाट वर्तमान उपमेयर हरिप्रभा खड्की उम्मेदवार बन्ने सम्भावना बढेको छ । हरिप्रभा मेयरको उम्मेदवार बन्ने संकेत गर्दै काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहकी श्रीमती सृजना सिंहले सामाजिक सञ्जालमा लेखेकी छिन् ।

काँग्रेस पार्टीको महाधिवेशन प्रतिनिधि समेत रहेकी सृजना सिंहले काठमाडौंमा महिला मेयरको माग राख्न आव्हान नै गरेकी छिन् । उनले ट्वीटरमा लेखेकी छिन्,‘पुरुष मेयर हेर्यौं अब महिला मेयर हेरौं रोजौं ।’

काँग्रेसको राजनीतिमा बलियो प्रभाव रहेका र काठमाडौं उपत्यकामा बलियो पकड बनाएका प्रकाशमान सिंहले

पनि हरिप्रभालाई नै अगाडि बढाउने तयारी गरेको बुझिएको छ । काठमाडौं र ललितपुर काँग्रेसमा सिंह निकट पार्टी सभापतिहरु जितेकाले पनि उनीनिकटहरुले टिकट पाउने आँकलन गरिएको छ । यसकारण पनि उपत्यकामा टिकटका दाबेदारहरु चाक्सीबारीमा बढी देखिन थालेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय