बिहिबार, मंसिर १५, २०७९ | Thursday 1st December 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • मानव बेचबिखन तथा अपहरण मुद्दामा दम्पतिलाई धनुषा प्रहरीले पक्राउ गरेको छ
समाचार

मानव बेचबिखन तथा अपहरण मुद्दामा दम्पतिलाई धनुषा प्रहरीले पक्राउ गरेको छ

  • सिधा दृष्टी बुधबार, चैत्र २, २०७८ | March 16, 2022

काठमाडौं- मानव बेचबिखन तथा अपहरण मुद्दामा २२ वर्ष कैद सजाय सुनाइएका दम्पतिलाई धनुषा प्रहरीले पक्राउ गरेको छ। धनुषा जिल्ला अदालतले जेल र जरिवाना सजाए तोकेका जनकपुरधाम उपमहानगरपालिका-१३ बस्ने ४२ वर्षीय रामजी पासवान र उनकी श्रीमती ३२ वर्षीया बिभा पासवानलाई प्रहरीले पक्राउ गरेको हो।

मानव बेचबिखन तथा ओसार पसार र अपहरण मुद्दामा धनुषा जिल्ला अदालतले २२ माघ २०७७ मा रामजीलाई २२ वर्ष कैद र २ लाख ५० हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो। त्यसैगरी उनकी श्रीमती बिभालाई १७ वर्ष कैद र

१ लाख ५० हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो।

फैसला भए पश्चात फरार रहेका दुवै जनालाई मंगलबार जनकपुरधाम उपमहानगरपालिका-१३ बाट पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए। दुबैलाई धनुषा जिल्ला अदालतमा मंगलबार नै हाजिर गराएको प्रहरीले जनाएको छ।

उनीहरूलाई कारागार कार्यालय झुम्का सुनसरीमा पठाउने आदेश भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय