शुक्रबार, चैत्र १०, २०७९ | Friday 24th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • मधेशको विकासका लागि मधेशी शासक आवश्यक रहेको बताए:नेता राजेन्द्र महतो
समाचार

मधेशको विकासका लागि मधेशी शासक आवश्यक रहेको बताए:नेता राजेन्द्र महतो

  • सिधा दृष्टी बुधबार, चैत्र २, २०७८ | March 16, 2022

धनुषा- लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले मधेशको विकासका लागि मधेशी शासक आवश्यक रहेको बताएका छन्। मंगलबार जनकपुरधाममा होली पर्वको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले शासन सत्तामा मधेसीको सहभागिता नभएसम्म मधेशको विकास हुन नसक्ने बताएका हुन्।

मधेशले देशमा ठूलो योगदान गरे पनि शासन व्यवस्थामा खसहरूकै नेतृत्व रहेकाले मधेशको विकास हुन नसकेको दाबी गरे। मधेशलाई काठमाडौंको हेर्ने दृष्टिकोण फरक रहेको उनको भनाइ छ।

काठमाडौंबाट शासन गर्ने शासकहरूले अझै मधेशलाई स्वीकार गर्न नसकेको महतोले आरोप लगाए। खसवादी शासकले ढाका

टोपीमा मात्र राष्ट्रवाद देख्ने गरेको उनले बताए। ‘यो नक्कली राष्ट्रवादको परिभाषा परिवर्तित हुनैपर्छ, मधेसीभन्दा यो देशमा कोही ठूलो राष्ट्रवादी छैनन्,’ उनले भने।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय