काठमाडौँ — युक्रेनको राजनधानी कीभमा ३५ घण्टे कर्फ्यु लगाइएको छ । कीभका मेयर भिटाली क्लिट्स्कोले कठिन र खतरनाक क्षणको चेतावनी दिदैँ राजधानीमा ३५ घण्टाको कर्फ्यु घोषणा गरेका हुन् ।
रूसी हवाई हमलाले रातभर एउटा मेट्रो स्टेशन र आवासीय भवनहरूमा आक्रमण गर्दा चार जनाको मृत्यु भएको थियो। यस्तै, रूसी सेनाले मारिउपोलको एक अस्पतालभित्र डाक्टर र बिरामीसहित ४०० जनालाई बन्धक बनाएर राखेको डेपुटी मेयरलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।
मंगलबार मात्रै करिब २० हजार मानिसहरुले शहर छाड्न सफल भएको एक