बिहिबार, जेष्ठ १८, २०८० | Thursday 1st June 2023
जोडिनुहोस
Trending
समाचार

सुमो दुर्घटना हुँदा ३ जना घाइते

  • सिधा दृष्टी बुधबार, चैत्र २, २०७८ | March 16, 2022

काठमाडौँ — सोलुखुम्बुबाट काठमाडौँका लागि छुटेको सुमो दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । ना. १ ज ४८०४ नम्बरको सुमो सोलुदुधकुण्ड नगरपालिका-११ तिङनासामा दुर्घटना भएको हो ।

दुर्घटनामा सवारीचालक सिन्धुपल्चोक जुगल गाउँपालिका-५ का ५० वर्षीय रत्न सुनार, चितवन भरतपुरका ३१ वर्षीय सुमन गदाल र काठमाडौं महानगरपालिका-१० का ३२ वर्षीय शेखर शर्मा घाइते भएको ट्राफिक प्रहरीले जनाएको छ । ९ जना सवार सो गाडीमा ६ यात्रु भने सकुशल छन् ।

घाइते सबैलाई रमिते स्वास्थ्य चौकीमा प्राथमिक उपचारपश्चात काठमाडौं पठाइएको जिल्ला

ट्राफिक कार्यालय सोलुखुम्बुका इन्चार्ज कृष्ण कट्‍वालले जानकारी दिए । सुमो अनियन्त्रित भएर सडकबाट करिब ५ मिटर तल पुगेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय