शनिबार, अशोज १३, २०८० | Saturday 30th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • भिजिट भिसाबाट निम्तिएका समस्या समाधान गर्न युएई सहमत
समाचार

भिजिट भिसाबाट निम्तिएका समस्या समाधान गर्न युएई सहमत

  • सिधा दृष्टी बुधबार, चैत्र २, २०७८ | March 16, 2022

काठमाडौँ — भिजिट भिसाबाट निम्तिएका समस्या समाधान गर्न युएई सहमत भएको छ ।

संयुक्त अरब इमिरेट्स युएई भ्रमणमा रहेका श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र युएईका मानव संसाधन मन्त्री डा अब्दुल रहमान अव्दुल मानन अल अवारबीच गएराति भेटवार्ता भएको थियो ।

भेटका क्रममा रोजगारीको प्रलोभनामा भिजिट भिसामा युएई लैजाने गैरकानुनी एजेन्टहरुलाई कारबाहीको दायरमा ल्याउन युएई सरकारले सहयोग गर्ने प्रतिवद्धता जनाएको श्रममन्त्री श्रेष्ठको नीजि सचिवालयले जनाएको छ ।

साथै भिजिट भिसामा युएई पुगेर अलपत्र परेका नेपालीहरुको समस्या समाधान गर्ने

पनि सहमति भएको छ । मन्त्री अल अवारले नेपाल सरकारले स्थापना गर्न लागेको श्रमिक अस्पताल निर्माणमा युएई सरकारले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय