मङ्लबार, अशोज ९, २०८० | Tuesday 26th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • महानिरीक्षक (एआईजी) का लागि बढुवा सिफारिस
समाचार

महानिरीक्षक (एआईजी) का लागि बढुवा सिफारिस

  • सिधा दृष्टी बुधबार, चैत्र २, २०७८ | March 16, 2022

काठमाडौँ — नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजीहरु) धिरजप्रताप सिंह, रविन्द्र धानुक र बसन्त पन्त अतिरिक्त महानिरीक्षक (एआईजी) का लागि बढुवा सिफारिस भएका छन् ।

मंगलबार साँझ बसेको बढुवा समितिको बैठकले धीरजप्रताप सिंह, रविन्द्रबहादुर धानुक र वशन्त पन्तलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।

फागुन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीमा तीन जना एआईजी थपको निर्णय गरेको थियो । गृह सचिव टेकनारायण पाण्डेको संयोजकत्वमा रहेको बढुवा समितिमा प्रधानमन्त्री कार्यालयका सचिव लक्ष्मण अर्याल र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री सदस्य

सचिव छन् ।

गृह स्रोतका अनुसार प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीबीच सहमती भएपछि एआईजी बढुवा सिफारिस भएको हो । यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणबीच घनश्याम अर्याललाई एआईजी बनाउने सहमती भएपनि अर्थमन्त्री जनार्दन शर्माले असन्तुष्टि जनाएपछि पूर्व सहमती अनुसार उनको तर्फबाट धानुकलाई बढुवा सिफारिस गरिएको हो ।

सिंह र धानुक एआईजी विश्वराज पोख्रेलकै ब्याची हुन् । वशन्त पन्त भने आईजीपी शैलेश थापाकै ब्याची हुन् । पन्त आगामी वैशाख १९
गते अनिवार्य अवकासमा जाँदैछन् ।

तर सिंह र धानुक भने भावी आईजीपीको दौडमा समेत पुगेका छन् । यो सिफारिस सँगै भावी आईजीपीमा विश्वराज पोख्रेल, सहकुल थापा, धिरजप्रताप सिंह र रविन्द्र धानुकबीच प्रतिस्पर्धा हुने भएको छ ।

सरकारले चार एआईजी मध्यबाट आईजीपी नियुक्त गर्न सक्छ । प्रहरी निरीक्षकमा सँगै भर्ना भए पनि बढुवा हुनेक्रममा पछि पोख्रेलले उछिनेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय