बिहिबार, जेष्ठ १८, २०८० | Thursday 1st June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनसँग निर्वाचन लड्न गाह्रो नहुने बताए
समाचार

अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनसँग निर्वाचन लड्न गाह्रो नहुने बताए

  • सिधा दृष्टी मङ्लबार, चैत्र १, २०७८ | March 15, 2022

काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनसँग निर्वाचन लड्न गाह्रो नहुने बताएका छन् ।

मंगलबार काठमाडौँमा अनेमसंघको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले गठबन्धन एकातिर र एमाले एकतातिर बस्दा पनि एमालेकै तौल बढी हुने जिकिर गरे ।

“गठबन्धनसँग लड्न केही गाह्रो छैन । यी स–साना समूह हुन् । अरू एकतातिर हुँदा हामी बढी हुन्छौँ । अरू एकातिर हुँदा पनि हाम्रो तौल बढी हुन्छ,” उनले भने ।

गठबन्धन एकातिर भएकाले चुनाव लड्न गाह्रो हुन्छ भन्ने कुरासँग नतर्सिन

आग्रह पनि गरे । आफ्नो सरकारले गरेका कामहरू लिएर जनतामाझ जाने उनले उल्लेख गरे ।

सत्तारूढ दल नेपाली कांग्रेससँग जनतामा लिएर जाने विषयवस्तु नभएको उनको भनाइ छ । “कांग्रेसले के लिएर जान्छ रे ? अघिल्लो सरकारको भन्डाफोर गर्ने रे ! के छ र कांग्रेससँग लिएर जान ?,” ओलीको प्रश्न छ ।

ओलीले वर्तामान सरकार फेर्नुपर्ने पनि बताए । सरकारको प्रगति विवरणमा नेपालको चुच्चे नक्सा नराखेको भन्दै उनले सरकार फेरिने बताए । “यस्तो सरकार फेर्नैपर्छ । कुनै तिकडमबाट होइन, जनादेशबाट सरकार फेरिन्छ,” उनले भने ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय