शनिबार, अशोज १३, २०८० | Saturday 30th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • सर्वसम्मत ढंगले स्थानीय तह निर्वाचनको उम्मेदवार चयन गर्न पार्टी नेतृत्वसँग माग:नेपाली काँग्रेसका नेता प्रकाशमान सिंह
समाचार

सर्वसम्मत ढंगले स्थानीय तह निर्वाचनको उम्मेदवार चयन गर्न पार्टी नेतृत्वसँग माग:नेपाली काँग्रेसका नेता प्रकाशमान सिंह

  • सिधा दृष्टी मङ्लबार, चैत्र १, २०७८ | March 15, 2022

काठमाडौँ – सत्तारुढ नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सर्वसम्मत ढंगले स्थानीय तह निर्वाचनको उम्मेदवार चयन गर्न पार्टी नेतृत्वसँग माग गर्नु भएको छ ।

नेता सिंहले स्थानीय तह निर्वाचनको उम्मेदवार चयनमा सर्वसम्मत हुन नसके स्थानीय स्तरमा छाप छोडेका व्यक्तिहरुलाई उम्मेदवार बनाउनुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो ।

तर विगतमा पार्टी नेतृत्वले निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार बनाउँदा आफ्ना मान्छेलाई छान्दा समग्र पार्टीलाई असर परिरहेको उहाँले भनाई थियो ।

मंगलबार नेपाल निर्माण व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीहरुसँग आफ्नै निवास चाक्सीबारीमा भएको भेटमा नेता सिंहले हरेक

निर्वाचनमा चाप्लुसी गर्ने व्यक्तिहरुले उम्मेदवारी पाउने गरेकोप्रति लक्षित यसले सिंगो पार्टीलाई असर परिरहेको बताउनु भयो ।

त्यस्तै नेपाल निर्माण व्यवसायी महासंघका नवनिर्वाचत अध्यक्ष रवि सिंहले नेपाली काँग्रेसको नेतृत्वको सरकार बनेपछि निर्माण व्यवसायीहरुले राहत महशुस गरेको बताउनु भयो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय