बिहिबार, जेष्ठ १२, २०७९ | Thursday 26th May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • समाजमा कुरीतिका रुपमा रहेको छाउपडी प्रथा अन्त्य नै गर्ने प्रयास
समाचार

समाजमा कुरीतिका रुपमा रहेको छाउपडी प्रथा अन्त्य नै गर्ने प्रयास

  • सिधा दृष्टी मङ्लबार, चैत्र १, २०७८ | March 15, 2022

खलङ्गा- जुम्लाको हिमा गाउँपालिकाले समाजमा कुरीतिका रुपमा रहेको छाउपडी प्रथा अन्त्य नै गर्ने प्रयास अघि बढाएको छ।

पहिलो चरणमा छाउपडी प्रथाविरुद्धको सचेतना अभियान थालेको उक्त गाउँपालिकाले पछिल्लो समय छाउपडी नबार्ने परिवारलाई सम्मान गर्न थालेको छ। छाउपडी प्रथा समाजकै कुरीति भएकाले जरैदेखि उखेल्नका लागि विभिन्न विकल्प अघि सारिएको गाउँपालिकाकी उपाध्यक्ष हिमाली रोकायाले बताइन्।

महिलासँग उपाध्यक्ष कार्यक्रममार्फत छाउपडी जस्ता कुरीतिलाई निरुत्साहित गर्ने कार्य भइरहेको जानकारी दिँदै उनले भनिन्, ‘छोराछोरी बीच गहिरो विभेद छ। छाउपडी प्रथाले समाजमा हिंसा निम्त्याइरहेको छ। यी दुवैलाई गाउँपालिकाबाट

निर्मूल पार्ने अभियान थालिएको हो। छोरीलाई छोरासरह सम्पत्ति दिने र छाउपडी हुँदा घरमै बस्न दिने परिवारलाई सम्मान पनि गरिएको छ।’

गाउँपालिकाले छोरा समान छोरीलाई सम्पत्ति दिएकामा जिरा रोकाया, मुगा शाही, डुगल शाही, आनन्द शाहीलाई सम्मान गरेको छ।

छाउपडी प्रथा बार्ने नगरेका स्थानीयवासी खाम्बा शाही, राजबहादुर शाही र देबु सुनार पनि सम्मानित भएका छन्। भेदभावरहित समाज निर्माण अभियानमा सबैको साथ र सहयोग आवश्यक छ।

समाज अझै छोरा जन्माउनकै लागि धेरै सन्तान जन्माउने परम्परामा बाँधिएको छ। सो कामलाई अन्त्य गर्न स्थानीय सरकार लागिपरेको गाउँपालिकाकी उपाध्यक्ष रोकायाले जानकारी दिइन्।

गाउँपालिकामै १९ जनाले छोरीलाई पैतृक सम्पत्ति दिएको विवरण गाउँपालिकाले सङ्कलन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढाले बताए।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय