शुक्रबार, चैत्र १०, २०७९ | Friday 24th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • बलिउड / हलिउड
  • गायिका कनिका कपूर दोस्रो पटक लगनगाँठो बाँध्ने तयारीमा
बलिउड / हलिउड

गायिका कनिका कपूर दोस्रो पटक लगनगाँठो बाँध्ने तयारीमा

  • सिधा दृष्टी मङ्लबार, चैत्र १, २०७८ | March 15, 2022

काठमाडौँ — बेबी डल फेम गायिका कनिका कपूर दोस्रो पटक लगनगाँठो बाँध्ने तयारीमा छिन् । रिपोर्टका अनुसार कनिकाले यस वर्षको मे महिनामा एक एनआरआई(व्यवसायीसँग विवाह गर्न लागेकी हुन् । तर, उनीहरूको विवाहको मिति भने अझै खुल्न सकेको छैन । कनिकाका फ्यानहरू यो खबरबाट निकै खुसी देखिन्छन् र उनलाई सामाजिक सञ्जालमा बधाई दिइरहेका छन् ।

कनिकाले गौतम नाम गरेका एक व्यवसायीले विवाह गर्ने छन्। कनिका र गौतम विगत एक वर्षदेखि एकअर्कासँग डेट गर्दै आएका छन् । मिडिया रिपोर्टका अनुसार यी दुईले

लण्डनमा विवाह गर्नेछन्। साथै, कनिकाले यस विषयमा कुरा गर्दा उनले यस विषयमा केही पनि भनिनन् न त अस्वीकार नै गरिन्। कनिकाले भनिन्, माफ गर्नुहोस् नो कमेन्ट ।

कनिकाले १८ वर्षको उमेरमा एनआरआई व्यवसायी राज चन्डोकसँग विवाह गरेकी थिइन् । कनिका र राजका तीन सन्तान अयाना, समारा र युवराज छन् । कनिका लखनउमा हुर्केकी थिइन् । सन् १९९७ मा विवाह पछि उनी लन्डन सरिन् । विवाहको १२ वर्षपछि आफ्नो पतिसित झगडा भयो । सन् २०१० मा कनिकाले श्रीमानको घर छाडेर लखनउ फर्किइन् । त्यसपछि सन् २०१२ मा उनले राजसँग डिभोर्स गरिन् ।

डिभोर्स गरेपछि कनिका आफ्नो म्युजिक करिअरलाई अघि बढाउन मुम्बई गइन्। त्यहाँ उनले पहिलो पटक जुग्नी जीु गीतमा स्वर दिने मौका पाए । २०१४ मा सनी लियोनीमाथि छायाङ्कन गरिएको ुबेबी डलु बोलको गीतलाई कनिकाले स्वर दिइन् । बेबी डल बोलको गीत रिलिज भएलगत्तै निकै ठुलो हिट बन्यो । यसका लागि उनले फिल्मफेयर बेस्ट फिमेल प्लेब्याक सिंगर अवार्ड पनि पाइन् । त्यसपछि कनिकाले चिट्टिया कलाइयाँ र देसी लुक जस्ता थुप्रै हिट गीत दिएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय