आइतवार, मंसिर ११, २०७९ | Sunday 27th November 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • अन्तराष्ट्रिय
  • मार्योकामाथि सहज जीत हासिल गर्दै रियल म्याड्रिड
अन्तराष्ट्रिय

मार्योकामाथि सहज जीत हासिल गर्दै रियल म्याड्रिड

  • सिधा दृष्टी मङ्लबार, चैत्र १, २०७८ | March 15, 2022

काठमाडौँ — मार्योकामाथि सहज जीत हासिल गर्दै रियल म्याड्रिडले ला लिगाको शीर्ष स्थानमा १० अंकको अग्रता बनाउन सफल भएको छ । सोमबार राति भएको खेलमा रियल ३ – ० गोलले विजयी भएको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि दोस्रो हाफको सुरुवातमा नै करिम बेन्जेमाको पासमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई अग्रता दिलाए । च्याम्पियन्स लिगमा केही दिन अघि पीएसजीविरुद्ध ह्याट्रिक गरेका बेन्जेमाले त्यसपछि आफै दुई गोल थपेका थिए ।

भिनिसियसलाई फल हानेपछि खेलको ७७ औँ मिनेटमा पेनाल्टीबाट बेन्जेमाले रियलको

अग्रता दोब्बर बनाए । ८२ औँ मिनेटमा मार्सेलोको पासमा उनले अर्को गोल थप्दै रियलको जीत सुनिश्चित गरे । अब लिगमा १० खेल बाँकी छँदा २८ खेलबाट रियलको ६६ अंक रहेको छ । रियलले आइतबार बर्नाबेउमा एल क्लासिकोमा बार्सिलोनाको सामना गर्नेछ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय