बिहिबार, जेष्ठ १२, २०७९ | Thursday 26th May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • स्थानीय चुनावमा मात्र नभई तीनै तहको चुनावसम्म गठबन्धन कायमै रहने :अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड
समाचार

स्थानीय चुनावमा मात्र नभई तीनै तहको चुनावसम्म गठबन्धन कायमै रहने :अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड

  • सिधा दृष्टी मङ्लबार, चैत्र १, २०७८ | March 15, 2022

काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय चुनावमा मात्र नभई तीनै तहको चुनावसम्म गठबन्धन कायमै रहने बताएका छन् । माओवादीले गठबन्धनलाई पहिलो प्राथमिकता भने नठानेको उनले बताए। तर शीर्ष नेताहरूबीच तीनै तहको चुनावमा तालमेल गर्नेमा द्विविधा नरहेको उनले बताए ।

‘तालमेलको सम्भावना भयो भने गठबन्धनका दलसँगको तालमेललाई नै प्राथमिकता दिएर जाने हो,’ सुदूरपश्चिम प्रदेशमा सोमबार आयोजित प्रशिक्षणमा प्रचण्डले भने । गठबन्धन दलका शीर्ष नेतृत्वले गठबन्धनलाई तीनै तहको निर्वाचनसम्म अगाडि लिएर जाने कुरामा द्विविधामा नहरेको उनको भनाइ थियो।

‘पहिलो जोड आफ्नै तागतले निर्वाचन जित्नेगरी जानुपर्छ भन्ने हो,’ उनले भने । यसैबीच प्रचण्डले एमालेसँग एकता गरेर नेकपा पार्टी बनेपछि माओवादी आन्दोलनलाई समाप्त पार्न देशीविदेशी शक्तिले षडयन्त्र सुरु गरेको बताएका थिए ।

माओवादी ुजनयुद्धुको बलमा प्राप्त सङ्घीय समानुपातिक उपलब्धिलाई उल्ट्याउने सेटिङअन्तर्गत षडयन्त्र भएको बताउँदै उनले नेकपा एमालेका अध्यक्षसमेत रहेका तत्कालीन प्रधानमन्त्री केपी ओलीले ठूलो षडयन्त्रअन्तर्गत संसद् विघटन गरेको दाबी गरेका थिए । विदेशी शक्ति, न्यायालय र प्रतिक्रियावादीको सेटिङले माओवादी नेतृत्वलाई सिध्याउने डिजाइन गर्नका लागि गरिएको षडयन्त्र थियो,’ उनले भने, ‘लाखौँको सङ्ख्यामा जनता आँधीहुरी जस्तै ओइरिएपछि देशीविदेशी सेटिङ असफल भयो ।’

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय