सोमवार, जेष्ठ १५, २०८० | Monday 29th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • दरवार स्क्वायर क्षेत्रमा कंक्रिटको संरचना निर्माण कार्य रोक्न कांग्रेस महानगरको माग
समाचार

दरवार स्क्वायर क्षेत्रमा कंक्रिटको संरचना निर्माण कार्य रोक्न कांग्रेस महानगरको माग

  • सिधा दृष्टी सोमवार, फाल्गुन ३०, २०७८ | March 14, 2022

काठमाडौं : नेपाली कांग्रेस काठमाडौं महानगर समितिले विश्व सम्पदा सुचिमा सुचिकृत काठमाडौं दरवार स्क्वायर क्षेत्रमा कंक्रिटको संरचना निर्माण कार्य रोक्न माग गर्दै महानगरपालिकाको ध्यानाकर्षण गराएको छ। कांग्रेस महानगर सभापति निलकाजी शाक्यको नेतृत्वमा वसन्तपुर क्षेत्रमा कांग्रेसले सांकेतिक विरोध प्रदर्शन पनि गरेको छ।

विरोध प्रदर्शनपछि महानगर समितिका उपसभापति एवं काल संस्कृति सम्पदा संरक्षण विभागका संयोजक सन्तकुमार महर्जनको नेतृत्वमा काठमाडौं महानगर पालिकाका कार्यकारी प्रमुखलाई निर्माण कार्य रोक्न पत्र बुझाइएको छ। कांग्रेस काठमाडौं महानगर समितिका सचिव ‌सुसन वैद्यले काठमाडौं महानगरका मेयरले सम्पदामाथि धावा बोलेको

यो पहिलो पटक नभएको आरोप लगाए।

‘रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरबाट सुरु भएको मयेरको कंक्रिट मोह रानीपोखरीलाई पूर्ण रुपमा कंक्रिटको प्रयोग गरी स्विमिङ पुलको रुपमा परिणत गर्ने, पुरातात्विक महत्व बोकेको बाघ दरवारलाई भत्काएर कंक्रिटको आधुनिक भवन बनाउनेदेखि कमल पोखरी र आज आएर विश्व सम्पदा सुचिमा सुचिकृत काठमाडौं दरवार स्क्वायर क्षेत्रमा कंक्रिटको प्रयोग गरी प्राचिन स्मारक संरक्षण ऐन २०१३ को खुला उल्लघंन गरेका छन्,’ सचिव वैद्यले भने।

अभियान्ताहरु रातदिन खटिएका कारणले मात्र काठमाडौंका सम्पदा संरक्षण भएको पनि उनले बताए। विश्व सम्पदा सुचिमा सुचिकृत काठमाडौं दरवार स्क्वायर क्षेत्रमा पर्यटकहरु झण्डा हेर्न नभएर नेपालको अभूतपूर्व सौन्दर्यले भरिपूर्ण मुर्त-अमुर्त कलाकृतिहरु हेर्न आउने वैद्यले बताए। दरवार स्क्वायर क्षेत्रमा राष्ट्रिय झण्डा राखेर नक्कली राष्ट्रवादको आडम्वर गर्नु भन्दा सक्कली सम्पदाको संरक्षण गर्नुपर्ने उनको भनाइ थियो।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय