शुक्रबार, चैत्र १०, २०७९ | Friday 24th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • खेलकुद
  • झापा गोल्ड कप फुटबलको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ
खेलकुद

झापा गोल्ड कप फुटबलको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ

  • सिधा दृष्टी सोमवार, फाल्गुन ३०, २०७८ | March 14, 2022

काठमाडौँ – झापा गोल्ड कप फुटबलको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । बिर्तामोडको डोमलाल राजवंशी रङ्गशालामा आज सोमवार भएको फाइनल खेलमा आर्मीले झापा–११ फुटबल क्लबलाई दुई–एक गोलले हरायो ।

आर्मीको जितमा टेकबहादुर बुढाथोकी र जर्ज प्रिन्स कार्कीले गोल गरे । झापाका लागि विमल घर्ती मगरले एक गोल फर्काए । आर्मीले चौथो पटक झापा गोल्ड कपको उपाधि जितेको हो । झापा–११ भने पाँचौँ पटक उपविजेतामै सीमित रह्यो ।

उपाधि विजेता आर्मीले १२ लाख ५५ हजार रुपैयाँ र उपविजेता झापाले ६

लाख पाँच हजार रुपैयाँ पुरस्कार पाएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय